फिफा विश्वकप कतार २०२२ मा दक्षिण कोरियाले पोर्चुगललाई पराजित गरेको छ । समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २–१ गोल अन्तरले पराजित गरेको हो ।
जितसँगै कोरिया उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित पोर्चुगल समूह बिजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
WOW 250*250
खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लिएको थियो । डिअोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले गोल गरे । २७ अौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको थियो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ ग्वनले गोल गरे ।
दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले गोल गर्दै टिमलाई विजयी बनाए ।
समूहको अर्को खेलमा उरुग्वेले घानालाई २– ० ले पराजित गर्यो । दक्षिण कोरियाले पोर्चुगललाई पराजित गरेका कारण उरुग्वे दोस्रो चरणमा प्रवेश गर्न सकेन ।
पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बनेको हो । कोरिया र उरुग्वे ३ खेलमा ४– ४ अंक जोडेका छन् । बढी गोल गरेका कारण कोरिया नआउट चरणमा प्रवेश गरेको हो ।
