
प्रकाशित मिति : सोमबार १९, मंसिर , २०७९
सुनसरी \ इटहरी उपमाहनगरपालिका वडा नम्बर ७ मा रहेको श्री लक्ष्मि मध्यमिक बिधालयले विधार्थीको मनिटर छनोटको लागी विधार्थीहरुलाई नै प्रत्यक्ष उमेदवर बनाई निर्वाचन गरेको छ । उक्त बिधालयमा अध्यनरत विधार्थीहरुलाइ निर्वाचन सम्बन्धि जानकार होस भनि विधार्थीलाई उमेदवर बनाई निर्वाचन प्रणली बाट छनोट गरेको हो । मनिटर बन्नको निम्ती उमेदवरको लागी जम्मा ४ जनाको उमेदवरी रहेको थियो भने जस मध्ये जेम्स तामाङ ,बिजय लिम्बु, रेश्मा लिम्बु र रुपा चैधरीको सहभागिता रहेको थियो । यस चुनावको निम्ती मतदान अधिकृतको रुपमा विधार्र्थी बाट नै मनिषा माझी र मत रुजु गर्नको निम्ती सन्तोष कार्की रहनु भएको थियो । यस निर्वाचन सम्पन्न गराउनको लागी सबै भुमिका विधार्थीहरुलाइ दिइ शिक्षकहरु सहजर्कताको रुप रहेको प्र.अ प्रभुनारायण चौधरीले बताउनु भयो । यस निर्वाचनले विधार्थीहरुलाई निर्वाचन कसरी सञ्चालन गर्ने……. निर्वाचन सञ्चालन गर्दा के के कुरामा ध्यान दिनु पर्छ……भोट कसरी हाल्ने , भोट बदर हून नदिन के गर्न पर्छ ….मतदाताले के कस्तो नियमको पालना गर्न पर्छ …… प्रतिनिधी , र्कमचारीको भुमिका के के हून्छ …. लगाएतका कुराहरु विधार्थीहरुले सिक्ने प्र.अ चौधरी ले बताउनू भयो ।


